काठमाण्डौ फाल्गुन ०३ – नेपाली गीत संगीतलाई मन पराउने अशंख्य श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै बिगत निकै लामो समय देखि यसै क्षेत्रमा क्रियासिल गायक तथा सर्जक गोबिन्द अर्यालले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । उक्त गीत “एक्लो जिबन” बोलको रहेको छ । उनको यस भन्दा अगाडिका गीत संगीतलाई धेरैले मन पराएका छन् । फलस्वरूप गोविन्दको यो पछिल्लो प्रस्तुति हो । प्रस्तुत गीतमा अर्याल कै स्वर शब्द र संगीत रहेको छ ।
गीतमा आफुले माया गरेको मान्छेलाई अर्कैको अंगालो बाँधिएको वियोगान्त प्रेमभाव रहेको छ । “एक्लो जिबन” बोलको गीतको म्युजिक भिडियोमा मोहन घिमिरे, सुधन धिताल र समिता रिजालको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन रामकृष्ण चौलागाईंले गरेका हुन् भने छायांकन मेफुज अन्सारी र सम्पादन शौखिन तिमल्सिनाले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई क्लासिक फ्रेम युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।