काठमाडौं । पेशाले स्ट्रक्चरल इन्जिनियर एवम व्यवसायी गायक भिष्म अधिकारीले आफ्नो स्वरमा समावेश पहिलो गीत ‘अम्खरामा पानी’ सार्वजनिक गरेका छन्। हाल अमेरिकामा बस्दै आएका गायक अधिकारीलाई यस गीतमा अस्मिता अधिकारी स्वरमा साथ दिएकी छिन्। लोकशैलीको यस गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ।
यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड छन्। बन्दे प्रसादले सम्पादन गरेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो। सिमा रेग्मी भिडियोको निर्मात्री हुन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया