मन सम्हाल्न सार्है गार्हो छ हजुर
समयको चक्रब्यू भित्र त पसियो
निसासिएर छट्पटाई रहदाँ
अनेकौ आवेगहरुको छर्राले
मनै छियाँ छियाँ पारिसक्यो
आशै पनि मरिसक्यो अब त
न निस्किने बाटो नै भेट्छु
न त आत्मसमर्पण नै गर्न सक्छु ।
आत्मसमर्पण नै गर्न सक्छु
- बिनयबिष्णु के. सी.
