काठमाडाैं । विश्वकप फुटबलकाे इतिहामा अर्जेन्टिनाका कप्तान लियाेनल मेस्सी दुई पटक सर्वाेत्कृष्ट खेलाडी बन्ने पहिलाे खेलाडी बनेका छन् ।
विश्वकप २०२२ कतारकाे फाइनलमा फ्रान्सलाई हराउँदै अमर्जेन्टिना विश्व च्याम्पियन बन्याे । अर्जेन्टिनाका लागि मेस्सीले २ र डि मारियाले १ गाेल गरे पनि फ्रान्सका युवा फर्वडर केलियन एम्बाप्पेले ह्याट्रिक गरेर खेल बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टि सुट आउटमा हरायाे । जहाँ अर्जेन्टिनाका गाेलरक्षक मार्टिनेजले उत्कृष्ट प्रदर्शन देखाएका थिए ।
याे मेस्सीकाे अन्तिम विश्वकप थियाे । विश्वकप करियरमा आफ्नाे कप्तानीमा मेस्सीले देशका लागि दिएकाे याे पहिलाे विश्वकप उपाधि हाे । अर्जेनटिनी मेस्सी सर्वाेत्कृष्ट खेलाडि बन्दै उपाधिसँगै गाेल्डेन बल पनि जिते, सर्वाेत्कृष्ट गाेलरक्षक बने मार्टिनेज । त्यस्तै याेङ खेलाडिकाे अवार्ड जितेका अर्जेन्टिना कै एन्जो फर्नान्डेजले सिलबर बल पाए । विश्वकप कतारमा सर्वाधिक गाेल गर्दै गाेल्डेनबुट फ्रान्सका एम्बाप्पेले जिते ।
मेस्सीले आफ्नाे कप्तानीमा देशका लागि एक विश्वकप नि नजित्ने भए भन्दै निकै आलाेचना हुने गरेकाे थियाे । जसलाई हिजाे अर्जेन्टिना टिमले मेस्सीकाे विश्वकप करियरकाे अन्तिम विश्वकपमा स्तब्ध बनाएकाे छ ।
गए राती कतारमा सम्पन्न कतार विश्वकपको सर्वोत्कृष्ट खेलाडी भएसँगै मेस्सीले नयाँ रेकर्ड आफ्नाे नाममा पारेका छन् । सर्वाेत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल पाए ।
यसअघि सन् २०१४ को विश्वकपमा पनि उनले गोल्डेन बल पाएका थिए ।
विश्वकप जितेसँगै मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने घाेषणा गरेका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।
‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मिहिनेत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु ।’ मेस्सीले भने ‘म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’
उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । मेस्सीले अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गरे ।