काठमाण्डौ कार्तिक ०३ – परदेशी हुन आम नेपालीहरुको रहर होइन, यसमा कुनै न कुनै बाध्यता लुकेको हुन्छ । कसैलाई परदेश गएर ठुला-ठूला महल ठड्याउने चाहना हुन्छ त कसैलाई आफ्नो लालाबालाको भबिस्यको निमित्त पनि खुन पसिना बगाउने बाध्यता हुने गर्दछ । यसरी परदेशिए पछी कहाँ सजिलो छ र !! दिनरात नभनी हाड घोट्नु एकातिर भए, आफ्नो जन्मभूमि र घरपरिवारको सम्झनाले पनि संदैब सताउने गर्दछ । अनि त कहिले काहीं त्यहि संघर्सको भूमिलाई चटक्कै छोडेर आफ्नो देश फर्किन मन लाग्छ ।

यस्तै पेरिफेरीमा केन्द्रित एक निकै मन छुने आधुनिक गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत “दिक्क भएँ” बोलको रहेको छ । गीतमा गीतकार सिन्धु पौडेलको लोभ लाग्दो शब्द रचना रहेको छ । स्वयम गीतकार प्रबासमा रहेको कारणले पनि यस गीतको कथावस्तुले वास्तविकता प्राप्त गरेको छ । “दिक्क भएँ” बोलको गीतलाई संगीत भने डी.आर अटु को रहेको छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा सानु पाण्डे विकास लकान्द्री र अनुप्रास श्रेष्ठको अत्यन्त आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन राजकुमार मगरले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई लिम्बुनी क्रिएसन नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला

तपाईको प्रतिक्रिया