‘सन्तानको खुशीको लागी हरपल तत्त्पर रहने बुबा
प्राय आफ्नो अस्तित्व गुमिसकेको पनी पत्तो पाउदैनन’
-समस्त बुबाहरुमा समर्पित

बुबाको मुख हेर्ने दिन (कुशे औंसी)को एकदिन अघि साँझ पारेर गायक जोहेब मानन्धरले आफ्नो नयाँ गीत ‘बाबा’ ( समस्त बुबाहरुमा समर्पित ) रिलिज गरेका छन् । निकै मिठो अनि मार्मिक शब्दमा तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत गायक जोहेब मानन्धरको आफ्नै नै छ ।गीतको एरेन्ज सन्दिप कार्कीको छ भने मिक्स मास्टर गोविन्द डी. जी . र दिनेश राज बाहकको रहेको छ। त्यस्तै भिडियो तर्फ छायांकन अनि सम्पादन चर्चित भिडियो मेकर रन्धिर श्रेष्ठको रहेको छ । भिडियोको कथा अनि निर्देशन गायक जोहेब स्वयम आफैको गरेका छन।
गीत अनुसार भिडियोमा बाबु छोराको प्रगाढ प्रेम देखाउन सफल यस भिडियोको जिबन्त अभिनयमा कलाकार मिराज बिक्रम सिङ्ग र अभिशेक भुजेलको रहेको छ।
निकै लामो समयदेखि गीत सगीतमा सक्रिय गायक जोहेब मानन्धर चलचित्रको सगीत देखि लिएर म्युजिक भिडियोको निर्देशनमा ब्यस्त छन । प्राय: आफ्ना गीतहरु माया प्रेम भन्दा पनि यथार्थमा आधारित भएर गीत लेख्न र सगीत भर्न रुचाउछन् उनी र यि कुराहरु गायकका प्राय गीतहरु मा देखिन्छ्न पनी । प्राय: सागीतिक माहोल अनि जमघटतिर त्यति नदेखिने गायक जोहेब शलिन र सरल गायकका रुपमा चिनिन्छ्न।
‘हरेकले आफ्नो कर्म जे हो त्यस बाट ख्याति पाउन सके राम्रो ,! नत्र अनेक बहानाबाजी गरेर चर्चामा रहि रहनुको औचित्य छैन ‘गीत गाउनेले राम्रो गीत पस्किनु र दर्शक श्रोताको मन छुन सक्नु नै ठुलो उपलब्धी र सम्मान हुन। त्यो बाहेक अरु कामले चर्चामा बसिरहने हो भने त गीत सगीत लाइ किन रोज्नु ? त्यहि काम नै गर्दा हुन्छ नि भन्छ्न जोहेब, चाडै नै आफ्ना अरु भिडियोहरु रिलिजको तयारीमा रहेको र त्यस मध्ये मिलन नेवार सग गाइएको ड्युट गीत आउने क्रममा रहेको बताउन्छ्न।
। ‘बाबा’ गीतलाइ बज्र टिभी ( Bajra TV )को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यस्तै मिठा र राम्रा गीत सगीत आगामी दिनहरुमा पनि पस्कियोस गायक जोहेब लाइ धेरै धेरै शुभ- कामना छ।

 

 

तपाईको प्रतिक्रिया