प्रगतिको कुरा त अर्कै रैछ है पियारी ।
यहॉं त पैसौ पो प्रगति रैछ है पियारी ।।
पैसा हुनेका सबै आफन्त रैछ है पियारी ।
नहुनेका त सबै बैरी रैछन है पियारी ।।
ठाँटवाट सबै पैसैंकै भर रैछ है पियारी ।
अलीअली हुनेलाई त गन्दा रैनछन है पियारी ।।
समाजका के कुरा घर भित्रै त्यस्तै छन है पियारी ।
पैसै नहुनेका त ईज्जतै छैन है पियारी ।।
परदेशीका आफ्नै पिडा छन है पियारी ।
घर बस्नेको त झनै कुरै नगरौ है पियारी ।।
दुःख जाच्ने यन्त्र हुन्न है पियारी ।
नहुनु भन्दा केहि हुनु नै बेश रैछ है पियारी ।।
नरुनु है पियारी, सबैका कथा यस्तै हुन है पियारी ।
घैटोमा घाम लाग्ने दिन नि आउला है पियारी ।।
पख है पियारी, बुझ है पियारी, धैर्य गर है पियारी ।
भुई छोड्ने दिन पकै एकदिन आउछ है पियारी ।।
बिनयबिष्णु के. सी.
बिराटनगर – ८