धरान ÷
गायिका मिलन नेवार र गायक सन्तोष राउतको स्वरमा रहेको ‘मलाई पनी लैजाउ न तिम्रो देशैमा ’ प्रेमिल शब्द मिसिएको गीत सार्वजनिक भएको छ ।
गीता अधिकारीको शब्द तथा युवा राईको संगीत र रोबर्ट लिम्बुको एरेन्जमा गीत तयार गरिएको छ । नेवारी भेष भुषा लाई आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ । प्रेमका कोमल भावनाहरु गीतमा समेटिएको छ । नविन गुरुङको छायाँकन , विज्ञान राईको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘मलाई पनी लैजाउ न तिम्रो देशैमा ’ गीतमा प्रिया रानी लामा र दिपक कार्कीको अभिनय देख्न सकिन्छ ।
‘मलाई पनी लैजाउ न तिम्रो देशैमा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।