अझै ताजै छ तिम्रा यादहरु मानसपटलमा
तिम्रा स्पर्शहरु अझै महसुस गर्न सक्छु म
अझ गुन्जायमान छ तिम्रा बाणीहरु
झस्किन्छु, अनेकौ पिडा बोध हुन्छ
सबै तरगंहरु सल्यागंबल्यागं गर्छन
आशुका भेल यत्र तत्र पोखिन्छ
अनी आखै अगाडी पुनः उभिन्छौ
केवल एक मृगतृष्णा बनी
म खोज्छु यता उता, बहुलाएझै
चिच्याउछु, तर तिमी बोल्दैनौ
मन भारी हुन्छ अनी..अनी एकतमास भई
सम्झन्छु, बा ! तिमी त छैनौ पो त ॥
शुन्यतामा विलिन भयौ कता
बा, तिमी छैनौ….
बिनयबिष्णु के. सी.
बिराटनगर – ८