काठमाण्डौ जेष्ठ २१ – लोक तथा दोहोरी गीत संगीतको क्षेत्रबाट आफ्नो छुट्टै उच्च स्थान बनाएका गायक तथा सर्जक बिमल डाँगीका यति मिठा आधुनिक गीतहरु पनि छन् भन्ने बिश्वास नलाग्न सक्दछ । तर उनले पहिले रेकर्ड गरेका गीतहरुलाई पुनः नयाँ स्वादमा सार्बजनिक भैरहंदा भने छर्लंग भएको छ । बिमलको प्रस्तुतिमा पछिल्लो समय बजारमा आएको गीत ‘हाम्रो माया चर्किएको” बोलको रहेको छ । यस गीतमा अहिले निकै चर्चामा रहेका बाल गायक सुप्रिम मल्ल ठकुरी, पुजा देबकोटा, रचना रिमाल र प्रविन बेडूवालको सुमधुर स्वर सुन्न सकिन्छ ।
डाँगी कै शब्द संगीतमा सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर आएको छ । भिडियोमा अल्फाज शाह, रिचा थापा, सुप्रिम मल्ल ठकुरी र पुजा देबकोटाको जिबन्त अभिनय देख्न सकिन्छ । बिमल डाँगी युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतको भिडियोलाई निर्देशन बिनोद बमले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पदान निर्देशन स्वयम् बिनोदले गरेका छन् ।
नेपाली गीत संगीतको बजारमा पहिले नै रेकर्ड भएको गीतलाई पुनः रेकर्ड गरेर बजारमा ल्याउने क्रम बढेको छ । यसो हुँदा धेरैले पुराना कलाकारको नाम निशाना नै मेटेको पाइन्छ । तर विमलले पछिल्लो पटक सार्बजनिक भएको गीतको अगाडी नै उक्त गीतलाई समाबेस गरेर पुराना कलाकारको नाम समेत समाबेस गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
https://www.youtube.com/watch?v=okGtIgqDBm4