काठमाडौं । अमेरिकाको ओहायो राज्य निवासी संगीतकार आधार तुम्बापोको संगीतमा समावेश ‘सिसा सरी’ बोलको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर बिष्णु अधिकारी रहेको छ। जित थुलुङको शब्दमा रहेको यस गीतलाई गायक अधिकारीले नै संगीत संयोजन गरेका हुन्।
विगत लामो समय देखि नेपाली संगीतमा सक्रिय संगीतकार सुब्बाको संगीतमा चर्चित गायक गायिकाहरु रामकृष्ण ढकाल, अन्जु पन्त, मेलिना राई , राजेश पायल राई , प्रताप सुब्बा लगायात दर्जनौ कलाकारले आफ्नो स्वर दिसकेका छन्। हालै मात्र गायक उदय सोताङको स्वरमा रहेको ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो समेत सार्वजनिक भैसकेको छ। नयाँ पुस्ताका कलाकारहरु सुनिता थेगिम, विकाश लिम्बु र छिट्टै रवि ओढले समेत गीत गाउने तय भैसकेको उनले बताएका छन्।
भुटानमा जन्मिएका संगीतकार तुम्बापोले नेपालमा लामो समय शरणार्थी जीवन बिताएका थिए। पुनर्वास प्रक्रिया बाट सन् २०१२ मा अमेरिका पुगेका तुम्बापो हाल अमेरिकाको ओहायो राज्यमा बस्दै आएका छन्। अमेरिकामा रहेको हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमी उनि संगीत प्रशिक्षकका रुपमा समेत कार्यरत छन्। भर्खर सार्वजनिक भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘आधार तुम्बापो’ मार्फत सार्वजनिक भएको हो। संगीतकार तुम्बापोले आफ्नो नयाँ गीतलाई सुनेर प्रतिक्रिया सबैलाई आग्रह गरेका छन्।
आधारको तुम्बापोको कोसेली ‘सिसा सरी’ सार्वजनिक ( भिडियो )
![](https://www.entertainmentkhabar.com/wp-content/uploads/2022/04/2-3.jpg)