गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन्। टीका प्रसाईं र युवराजको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो। नयाँ वर्ष ०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन्।
एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्। डान्सिङ बिटको गीतलाई गायक युवराज स्वयंले निर्देशन गरेका हुन्। भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य छ। भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ।
आधुनिकपन र मौलिकपन दुवैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए। ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्।
https://www.youtube.com/watch?v=FSgBt8OwD60