लोकप्रिय गीतकार सुवाशचन्द्र ढुङ्गेलको ‘एक्का ट्रायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भिडियो सार्वजनिक कार्यक्रमका अतिथिहरुमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारि, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
बरिष्ठ अभिनेता तथा निर्देशक रबिन्द्र खड्काको निर्देशन, कमल राईको कोरियोग्राफी रहेको भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य आदिको अभिनय रहेको छ भने ब्यवस्थापन राजेश महर्जन, छायांकन शिव ढकालको छ । भिडियो शुभासचन्द्र ढुंगेलको अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।