काठमाडौं । गायक मिलन श्रेष्ठको हृदयस्पर्शी गीत ‘फर्किन चाहन्छु ‘ सार्वजनिक भएको छ। चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।
युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ। बिगत ५ बर्ष देखि नेपाल बाहिर रहेका श्रेष्ठको यस अघिका गीतहरु पनि धेरै रुचाइएको थियो ।
आसुसेनको शब्द, संगीत र मिलनको स्वरमा ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )
