काठमाडौं । गायिका रानी शाक्य र सन्तोष आलेको युगल स्वरमा ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष आलेको शब्द तथा संगीत रहेको गीतमा, बलराम समालको एरेन्ज रहेको छ ।
प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा विकास लामिछाने र गीता ढुंगानाको साथमा कविन्द्र त्रीपाठीको अभिनय रहेको छ ।आवेश बज्राचार्यले खिचेको भिडियोलाइ माधव बेल्वासेले कलर ग्रेडिंङ र सम्पादन गरेका हुन् ।
भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानल (Rani Shakya ) बाट सार्वजनिक गरिएको हो । भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।
रानीको ‘रहे नरहे’मा विकास र गीता ( भिडियो )
