काठमाडौं । ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। गीतमा गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको स्वर समावेश छ। युवा प्रेममा आधारित यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ। रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
जापानमा छायाँकन गरिएको यस भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगर बीचको अन्स्क्रिन प्रेमलाई देखाइएको छ। भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ। गोविन्द बिस्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो। आशा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।
लामो समयदेखि कलाकारिता र निर्देशनमा सक्रिय लक्ष्मण पुन लक्स मिस्टर इन्टरन्याशनल २०१० का विजेता समेत हुन्। स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा ६ वटा भिडियोमा अभिनय गरेका पुनले चर्चित अभिनेत्री नम्रता श्रेष्ठ , दिया मास्के , विनिता बरालसंग सहकार्य गरिसकेका छन्। नेपाली चलचित्र ‘डु यु लभ मी’ मा मुख्य भूमिकामा काम गरेका पुनले बिरेन्द्र हमालबाट अभिनयको प्रशिक्षण समेत लिसकेका छन। थुप्रै चर्चित गायकहरुको भिडियोहरुमा अभिनय गरेका पुन अभिनयको अलावा भिडियो सम्पादन र निर्देशनमा समेत अब्बल छन।
https://youtu.be/Cn_IDpIKJE4