काठमाडौँ। लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘रैछौ बेइमानी’ को भिडियो सार्वजनिक गरिएको छ। नव गीतकार सिद्दान्त शर्मा पौडेलको शब्द रचना र देवराज आले मगरको संगीत रहेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन। बिछोडको भाव बोकेको गीतको भिडियोलाई बिक्रम चौहानको निर्देशन गरेका हुन् अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन रहेको छ । ‘रैछौ बेइमानी’ को भिडियो सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल (S Cine Production House) मार्फत सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक भएको केहि समयमै दर्शकहरुको राम्रो राम्रो प्रतिक्रिया आएको छ ।

https://youtu.be/azTi2hugO10

तपाईको प्रतिक्रिया