काठमाडौं । गायक बिरेन रसाईलीको नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ। गीतकार दिलीप घिमिरेको शब्द रहेको यो गीतमा भ्वाइस अफ नेपालका प्रथम विजेता सिडी बिजय अधिकारीको संगीत रहेको छ।
सानै उमेर देखी गीत गुन्गुनाउन धेरै रचाउने गायक बिरेन रसाईली घरमा रेडियो नहुदा पनी अरू छिमेकीको घरमा बजेको रेडियोबाट गीत सुन्दै गाउने गर्दथे । गाउँघर र स्कुलमा हूने सांस्कृतिक कार्यक्रमबाट आफ्नो गायन रूचीलाई अघि बढाएका गायक रसाईली समाजमा निकै चर्चीत बन्दै गए।
अमेरीका आए पछी स्वर्गीय राकेश काफ्लेसंग गायक रसाइलीको भेट भयो । त्यसपछी भने गायक बिरेनले बिगतलाई फर्केर फेरी हेर्नु परेन। ‘खुसी उमङ्ग ‘ जस्तो दर्जनौ हिट गीत दिईसकेका गायक रसाइलीले चाडै नै गीति एल्वम ‘तिम्रो याद’ सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन्।
जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुबेदीको अभिनय रहेको यो गीत गत शुक्रबार बजारमा आएको हो। प्रकाश धितालको निर्देशन रहेको उक्त गीतमा राजा महाराजाहरू पालामा हुने प्रेम, बिरह र त्यागलाई देखाउन खोजीएको छ।

 

तपाईको प्रतिक्रिया