काठमाडौँ । भुटानमा जन्मिएर हाल अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गायक पुष्प गजमेरले ‘सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। नेपाल भारतमा संगीत प्रशिक्षणको लामो अनुभव संगालेका गायक गजमेरले विगत ८ वर्ष अघि देखि हिमालयन म्युजिक एकेडेमी समेत संचालन गरिरहेका छन्।
उक्त एकेडेमीको सिइओ समेत रहेका गजमेरको एकेडेमीमा बाध्यवादन, नृत्यको प्रशिक्षण हुने गरेको छ । उनको नयाँ गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन्। आकाश श्रेष्ठ र जेबिका कार्की बीचको प्रेम र वियोगलाई भिडियोमा प्रस्तुत गरिएको छ।
शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन। हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको यस भिडियोलाई शिशिर खातीको निर्देशनमा तयार पारिएको हो। शान्ती गजमेर निर्मात्री रहेको यस भिडियोलाई ‘हिमालयन म्युजिक एकेडमी’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ।