काठमाडौँ । एसियाली सेन्ट्रल जोन भलिबलको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज विमानस्थल पुगेर स्वागत गरेका थिए ।
विमानस्थलमा खेलाडीको स्वागतमा बाजागाजा र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । नेपाली टिम प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपालले गत वर्ष पनि महिलातर्फको उपाधि जितेको थियो ।