काठमाडौं । पछिल्लो समयका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ”भत्केको घर” एभरेष्ट ग्यालरी मार्फत सार्वजनिक भएको छ ।

गीतकार अभि क्षेत्री समर्पणको उत्कृष्ट शब्द रचनामा युवा संगीतकार ऋषी खड्काले उत्कृष्ट संगीत भरेका छन ।

सुगम संगीतका सदाबहार मोडल सनम कठायतको फरक तथा बेजोड अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोमा सनमसंगै गीतकार स्वयं अभि क्षेत्री र पुजा पन्तको अभिनय हेर्न सकिन्छ ।

उत्सव दाहालको छायांकन ,बिकास दाहालको सम्पाद्न र अन्जन शर्मा निर्देशन रहेको उक्त भिडियो अहिले निकै चर्चामा रहेको छ ।

गीत सार्वजनिक भए लगत्तै युट्युब र टिकटकमा समेत दर्शक श्रोताहरुको सकारात्मक प्रतिक्रिया सहित माया बटुलिरहेको छ ।

तपाईको प्रतिक्रिया