विगत डेढ दशक देखि नेपाली सांगीतिक आकाशमा सक्रिय गायक हिमाल श्रेष्ठको आज जन्मदिन परेको छ ।धेरै हिट हिट गीतमा आफ्नो कर्णप्रिय आवाजबाट दर्शक श्रोताको मनमा बस्न सफल गायक हिमालको गीत बलिउड देखि नेपाली सागीतिक छेत्रमा उतिकै लोकप्रिय छन् । उनको ‘रेसम हो रेसम’ गीतलाइ बलिउड चलचित्र ‘तल्बार’ पनि समावेश गरिएको छ भने उनको तिनवटा सागीतिक एल्बमा समाबेश देखि अन्य सोलो र युगलस्वरमा समाबेश गीतहरु त्यतिकै लोकप्रिय छन् ।
दुई बर्ष अगाडी रिलिज भएको ‘जुनको साथी तारा’ र उनको स्वरमा पुन: गाइएको सदाबहार ‘गीत कति बस्छौ माइतीकै कौसीमा’ र ले सांगीतिक छेत्रमा धेरै चर्चा बटुलेको थियो।
युरोपदेखि ,अष्ट्रेलिया र अमेरिकाको सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका सर्वप्रिय गायक हिमाल श्रेष्ठलाइ हाम्रो तर्फबाट पनि जन्म दिनको लाखौ लाख शुभकामना