काठमाडौं । गायक मेघराज राईको सुमधुर स्वरमा सजिएको ‘मनको चोखो माया’ बोलको गीति चलचित्र सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द कुम्भराज राईको रहेको छ। महेश ताम्राकारले संगीतवद्द गरेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोको छायांकन ललितपुरको लाकुरी भंज्याङ्गका डांडा र जंगलमा गरिएको हो। पुरानो शैलीमा प्रायजसो संगीत र द्वन्दको पूर्ण साथ सहित निर्माण हुने नेपाली चलचित्रलाई आधारमानी गीत र द्वन्दलाई नाटकीय ढंगले भिडियोमा प्रस्तुत गरिएको छ | बाल्यकालमा आँखामा भरेका पुराना नेपाली चलचित्रका सम्झना स्वरूप यो गीतिकथा प्रस्तुत गरिएको यो गीति चलचित्रको प्रस्तुतकर्ता ‘द नैसेन्स फ्याल्यांक्स’ले बताएको छ।
भिडियोमा कुसुम गुरुङ, कबि राइ, रुपेश लामा र सुरज तमु मुख्य भूमिकामा छन् भने सुमन तुम्बापो, मणि के राई, सौजन सेनेहाङ्ग, संजिप योगी आदि सहायक भूमिकामा प्रस्तुत छन् | अनिल सुब्बाद्वारा निर्देशित यस गीतिचलचित्रलाई जे.डी. तमूले छायांकन र सम्पादन गरेका हुन भने मणि के राईले नृत्य निर्देशन गरेका हुन | भिडियोले दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया