काठमाडौं । ‘नुमुज ब्युटी एन्ड स्किन केयर’कि संचालक रहेकी नव गायिका पाल्मु शेर्पाले आफ्नो पहिलो गीत ‘दार ठेकीको’ सार्वजनिक गरेकी छिन्। यस गीतमा उनलाई स्वरमा साथ गायक प्रदिप लामा दिएका छन। नादिङ भाकाको यस गीतमा जीवन बोम्जनको शब्द रहेको छ भने अमृत लामाको संगीत रहेको छ । जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका हुन।
सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायांकन भएको हो। भिडियोलाई प्रकाश वाइबा तामाङले खिचेका हुन। राज किङ वाइबाले कोरियोग्राफी गरेको यस भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्ग्मर डोमा शेर्पा फिचर्ड छन ।
रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन।