काठमाडौं : राजेश पायल राई, दयाहाङ राई र विल्सनविक्रम राई फरक–फरक विधाका सर्बाधिक लोकप्रिय कलाकारहरु हुन् । आ–आफ्नो विधामा यी तिनै जनाको गहिरो प्रभाव र हस्तक्षेप छ । राजेश पायल गायनमा, अभिनयमा दयाहाङ र हास्यमा विल्सनविक्रम ।
यी तिनै चर्चित हस्तीहरु एक साथ एउटै भिडियोमा देखिएका छन् । यी तीन हस्तीको देखिएको गीत ‘देम सारो’ गीतको भिडियो सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपाललगायत चार देशमा ‘ट्रेन्डिङ’मा उक्लिएको छ ।
त्यसो त मेघास्टारको रुपमा चिनिएका राजेश पायलले गाएको यो गीतका सृजक पनि उत्तिकै हस्ती हुन् । नेपाली साहित्यमा गहिरो हस्तक्षेप जनाइरहेका राजन मुकारुङले यो गीत लेखेका हुन् । उनले लेखेका गीतहरु पछिल्लो समयमा चर्चित छन् ।
शुक्रबार साँझतिर सार्वजनिक गरिएको ‘देम सारो’ले शनिबारदेखि ‘युट्युब ट्रेन्डिङ’ मा तहल्का मच्चाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कमैमात्र नेपाली गीत ट्रेण्डिङमा पर्ने गरेको छ । तीमध्ये पनि राजेशपायलका अधिकांश गीतहरु ट्रेण्डिङमा पर्न थालेका छन् । यो गीत पनि दुबई र कतारमा ‘युट्युब ट्रेन्डिङ’ मा छ ।
गायक राईका अनुसार आइतबार साँझसम्म कतार दुबईमा ट्रेण्डिङ नम्बर वानमा पर्न केही दर्शकको मात्रै जरुरी छ । ट्रेण्डिङ नम्बर वानमा पार्नका लागि सेयरका लागि अनुरोध समेत गरेका छन् ।
नेपालीलगायत राई, पोर्चुगिस र स्पेनिश भाषामा गाइएको यस गीतको भिडियोमा तीन हस्तीसँगै रजनी गुरुङ र बुद्धि तामाङले अभिनय गरेका छन् । किरण चाम्लिङ राईले निर्देशन गरेको ‘देम सारो’ गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभावलार्य रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।
सुन्नुहोस् गीत :
https://www.youtube.com/watch?v=MWhYYB4FAK0