काठमाडौं । माेडल जानकी कुँवरकाे अभिनयमा, मिलन नेवार ‘अमात्य’को आधुनिक गीत ‘छाडेर गयौ’ सार्वजनिक भएको छ । अमात्यको स्वर रहेको गीतमा अनुप श्रीवास्तवको शब्द रहेको छ । यो गीतमा संगीत भने सरोज यादवको रहेको छ ।
म्यूजिक भिडियोमा कलाकार जानकी कुँवर र अर्मान आलमको अभिनय रहेको छ । सागर प्रधानले छायांकन गरेको म्युजिक भिडियोको अनिल श्रेष्ठले निर्देशन गरेका छन् ।
यो म्यूजिक भिडियो प्रिन्सेस फिल्म प्रालिको आधिकारीक यूटुब च्यानलबाट सार्वजनिक भएको हो । गीत माया प्रेमको कथामा आधारित रहेको छ । प्रेमीले प्रेमिकालाई दिएको धोकाको विषयलाई गीतले समेटेको छ । यही च्यानलबाट ‘हे बरै’ नामक नयाँ तीज गीत सार्वजनिक हुने क्रममा रहेको छ ।