काठमाण्डौ भाद्र -०२ – नेपाली गीत संगीतका अनुरागीहरुका लागि पुनः अर्को गीत सार्बजनिक भएको छ । उक्त गीत ”थाहा छ मलाई” बोलको रहेको छ । गीतमा केशव कटुवालको शब्द तथा मेलिना राई र मुकेश कटुवालको सुमधुर स्वर सुन्न सकिन्छ ।
अशिम कुमार कटुवाल नामको युट्युब च्यानल मार्फत सार्बजनिक “थाहा छ मलाई” बोलको गितको म्युजिक भिडियोमा नवराज जुङ्ग पाण्डे, रोस्नी भण्डारी र राधाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियो ताराबिर पाण्डेको निर्देशनमा तयार भएको हो भने सम्पादन मुहा सिंह थापा मगरले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।