काठमाडौं । गायक प्रदिप लामाले आफ्नो नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक) को शब्द, संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई रमाइलो तरिकाबाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा चर्चित ग्रुप भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन्। सुर्य लामाले छायांकन र सम्पादन गरेको यस भिडियोलाई निर्मल कुमार लामा (बिजी) को निर्देशनमा तयार पारिएको हो। गायक लामाको आधिकारिक च्यानल (प्रदिप लामा अफ़िसिएल) मार्फत सार्वजनिक गरिएको हो।
विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्।
भिडियो :