गीतकार शान्तिराम भट्टराईको शब्द रचनामा ‘जय जय हो नेपाल’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ। प्रसिद्ध गायक सुमित खड्काको स्वरमा सजिएको यस गीतमा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ। भिडियो केन्द्रबिन्दु अनलाइनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।

राष्ट्रिय भावले भरिएको यस गीतमा मनोहर सुनामको संगीत संयोजन रहेको छ भने, गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका छन्।

साहित्यका अन्य विधाका अतिरिक्त गीत लेखन कार्यमा सक्रिय गीतकार शान्तिराम भट्टराईको सिर्जनाको लागि छुट्टै समय आवश्यक नपर्ने धारणा रहेको छ। भट्टराई भन्छन् ‘दिमागमा जुनसुकै बेला पनि फुर्न सक्छ, ती फुरेका शब्दलाई फूलबुट्टा भर्दै अन्तिममा एउटा मिठो गीतको सिर्जना हुने गर्दछ ।’ उनी थप्छन् ‘यस राष्ट्रिय गीतमा वरिष्ठ संगीतकार शक्ति बल्लभले अत्यन्त सुमधुर संगीत संयोजन गरी माधुर्यता प्रदान गर्नुभएको छ भने गायक सुमित खड्काले शब्द शब्दमा डुबेर आफ्नो स्वरको जादु चलाउनुभएको छ,।’

यस राष्ट्रिय गीतको रेकर्डिङ कार्य साउण्ड डिजाइन स्टुडियो नक्सालमा सम्पन्न भएको हो । गीतको म्युजिक भिडियोसमेत तयार पारिएको छ। भिडियोको छायाङ्कन, कोरियोग्राफी, निर्देशन तथा सम्पादन आयुष घले मगरले गरेका छन्।

तपाईको प्रतिक्रिया