१० साउन, काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् ।कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा
