काठमाडौँ – लोक दोहोरि गायिका सन्जु न्यौपानेको तिज गित “धुरुधुरु रुवायो” को म्युजिक भिडियो सार्बजनिक भएको छ । चर्चित लोक तथा दोहोरि गीतहरुमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै “धुरुधुरु रुवायो” नामक गितको म्युजिक भिडियोलाइ भर्खरै बजारमा लिएर आएकी हुन् ।

शिब हमालको शब्द तथा संगीत रहेको यस गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । छायाँकार नबिन गिरिले छायांकन गरेको यस भिडियोलाई कमल भक्त र जेरी भण्डारीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा मोडल निशु न्यौपाने, गायिका तथा मोडल सन्जु न्यौपाने र जोन बि.मल्ललाइ फिचरिङ गरिएको छ । भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया