काठमाडौं, असार २९ गते । ला लिगाको च्याम्पियन एटलेटिको मड्रिडले अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो डे पौलले पाँच वर्षका लागि अनुबन्धन गरेको छ । डे पौल यसअघि यूडानिजमा आबद्ध हुनुहुन्थ्यो ।
२७ वर्षीय मीडफिल्डर डे पौल कोपा अमेरिका २०२१ को उपाधि जित्ने अर्जेन्टाइन टोलिका सदस्य हुनुहुन्छ । स्पेनिस सञ्चारमाध्यमले एटलेटिको मड्रिडले सिरी ए क्लबका एटलेटिकोले डे पौललाई तीन करोड ५० लाख पाउन्ड तिरेको छ ।
डे पौल दोस्रो पटक स्पेनिस फुटबल क्लब सर्नुभएको छ । यसअघि सन् २०१४ देखि २०१६ सम्म उहाँ भ्यालेन्सियाका लागि खेल्नुभएको थियो । एटलेटिको मड्रिडले उहाँलाई शक्तिशाली मीडफिल्ड भनेको छ ।
अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो पौल एटलेटिको मड्रिडमा आबद्ध भए
