काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत सार्वजनिक भएको छ । पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको कम्पोज, नारायण दंगालको एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको यस गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नवमोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ। यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ। यस भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ। भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। यस गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराउनु भयो । यो गीतको सबैको मनमा बस्न सकोस् अझै सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

 

 

तपाईको प्रतिक्रिया