पछिलो समय पुर्वबाट नेपाली कला जगतमा लागि परेका उदयमान नायक तथा मोडल भुवन खड्काको अर्को एक म्युजिक भिडियो सार्वजनिक भएको छ।

विगत केही वर्ष देखि दर्जनौ म्युजिक भिडियो साथै टेलिशृङखला तितो पिरो,गाँऊले ठुले लगायत साना ठुला चलचित्रमा काम गरि सकेका खड्का ले आफ्नो छुट्टै पहिचान बनाई सकेकाछन।

उर्लाबारी निवासि सुरेश धिमालको आवाज रहेको यश गितमा कलाकार भुवन खड्का र सिमा धिमालको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियो लाई महाक्रेटिभ्स स्टुडियोले छायांकन सम्पादन गरेको छ।

त्यसैगरि वियल राईको निर्देशन रहेको म्युजिक भिडियो टुन एण्ड टोन इन्टरनेटमेन( Tune & Tone Entertainment)युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।। सो गीतको छाँयाकन मोरङ र झापको बिभिन्न स्थलहरुमा गरिएको छ ।

खड्का भन्छन आफुले स्थानिय ठाँऊमा नै रहेर संघर्ष गरिरहेको र गित संगित र नेपाली कला लाई जगेडा गर्न लागि परेको छु । हेरेर साथ दिनुहुने सबै दर्शकहरु लाई नमन भन्दै दर्सकको माया र साथ आवश्यक रहेको बताऊछन।

हुनत उनी एक कलाकार मात्र नभएर एक गितकार पनि हुन उनले रचेका गित केही रेकर्ड समेत भै सकेका छन।

केही समय अघि मात्र उनको शब्द मा रहेको गित नेपाल आइडल तथा सारेगम टप टेन गायिका मेनुका पौड्याल ले आवाज भरेकी छन।

तपाईको प्रतिक्रिया