गायक तथा कुशल संगीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् ।
कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको जिवन्त अभिनय रहेको छ । शक्ती पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामांगको सिनेमाटोग्राफी र अन्जल शर्माको को सम्पादन रहेको छ भने केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ ।
बहुमुखी प्रतिभाका धनी हरि लम्सालको ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक
