लक्ष्मी अधिकारी ,दमक । सामाजिक सन्जालमा बेइज्जत मानमर्दन गरेको विषयलाई लिएर शिक्षक पत्रकार युवराज रेग्मी दमक थानामा माफी मागेका छन ।
गौरादह -१ का वडा सदस्य कोमल ढुंगानालाई लक्षित गरि मनगणन्ते लेखका रेग्मीले अन्ततः दमक थानामा माफी मागेका हुन । अब उप्रान्त तथ्यहीन फेसबुक पोस्ट नगर्ने सर्तमा साईबर क्राईमको मुद्दाबाट बच्न सहमति पत्रमा हस्ताक्षर गरेका छन।
उनले ‘गौरादह पत्रकार मञ्च’ को नाम भजाउदै वडासदस्य ढुंगानालाई खाद्यान्न हिनामिना गरेको लाल्छना लगाएका थिए।
नगरपालिकाले भण्डारण गरेको खाद्यान्नसंग जोड्दै गौरादह -१ का वडासदस्य ढुंगानालाई उनले व्यक्तिगत ‘रिसिबी’ भएकै आधारमा गम्भीर आरोप लगाएका थिए।
आफुलाई गौरादहको ‘रबि लामिछाने’ सम्झिने रेग्मीले वडासदस्यलाई तथ्यहीन आरोप लगाउदै फेसबुकमा लेखेका थिए – ‘वडा सदस्यले ठुलो परिमाणमा खाद्यान्न लुकाई हिनामिना समेत गरेको हुनसक्छ।’
यद्यपि ढुंगाना गौरादह नगरभरिकै जनप्रतिनिधि मध्ये अत्याधिक जनसेवामा खटिनेमा पर्छन। गौरादहमा तलब र भत्ता नलिने जनप्रतिनिधि उनै मात्र हुन्।
‘हिनामिना गरेको’ भन्दै रेग्मीले फेसबुक पोस्ट गरेपछी वडासदस्य ढुंगानाले आफ्नो चरित्र हत्या भएको भन्दै दमक थानामा ठाडो निवेदन दिएका थिए। उनको निवेदनको आशय शिक्षक रेग्मीलाई साईबर क्राईम मुद्दामा कारबाही गरियोस भन्ने रहेको बुझिएको छ।
अर्काले घामपानी नभनी खटेर, मेहेनतका साथ् लेखेको समाचारलाई ‘खर्लप्प’ तानेर आफ्नो ‘बाइलाइन’ देखाउने रेग्मी गौरादह -४ डोरामारी माविका शिक्षक हुन्।
उनि जागिरे हुन्। उनको मुख्य पेशा शिक्षण हो। तर, सर्वसाधारणलाई तर्साउन र धम्काउन कै लागि पत्रकारको ‘हुइय्या’ पिट्ने उनि पत्रकारिताको मर्यादा बाहिर रहेर फेसबुक पोस्ट गर्ने गर्थिए।
‘गौरादह पत्रकार मञ्च’ नाम गरेको फेसबुक आइडीका संचालक उनि सो आइडीबाट ‘अन्डर-ग्राउन्ड’ रिपोर्टर जस्तो गरेर विभिन्न व्यक्तिहरुको हुर्मत लिने गरेको बुझिएको छ । उनले ढुंगानालाई मात्र हैन अरुलाई पनि दुख दिएको गौरादहका पत्रकार राजु पोख्रेल बताउछ्न । पोख्रेल भन्छन् – मलाई धेरैले गुनासो गरेका छन, पत्रकारले न्युज बनाउने हो, फेक आइडि बनाएर अरु सङ जोरि खोज्ने होईन ।