विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपाली जनता कष्टकर जीवन बिताउन बाध्य भएका छन । अस्पतालमा बेड र अक्सिजनको अभाव छ । स्वास्थ्य जनशक्तिको कमी हुनुको साथै आवश्यक स्रोत र साधनको अभावले गर्दा ठुलो संख्यामा मानीसहरुले ज्यान गुमाउनु परेको छ । यस्तो त्रासदीपूर्ण महामरीलाई रोकथाम गर्न पर्ने समयमा राजनीतिक दल र नेताहरुहरु सत्ताकै खेलमा लागिरहनु दुभाग्यपूर्ण अवस्था हो । केन्द्र, प्रदेश र स्थानीयतहका सरकारहरुले महामारी रोकथामकालागि यथेष्ट प्रयास गरे पनि महामारी नियन्त्रण बाहिर देखिएको छ ।
कोरोना महामारी नियनत्रण गर्न सरकारले अधिकाम्स जिल्लामा निषेधाज्ञा जारी गरेको छ, तर श्रम गरेर दैनिक जिबिकोपार्जन गर्नु पर्ने नागरिकहरुका लागि सरकारले कुनै पनि प्रकारको राहत उपलब्ध गराएको पाईदैन, जसका कारण सर्वसाधारण नागरिकहरु रोगले भन्दा भोकले मर्नु पर्ने अवस्थामा पुगेका छन ।
यस्तो महामारीबाट जनतालाई कसरी बचाउने भन्ने बिषयमा प्रमुख दल र नेता एवं सरोकार पक्ष बिच प्रयाप्त सम्वाद सम्म हुन सकेको छैन ।
यस्तो बिपतको समयमा खाडी मुलुकमा श्रम गरिरहेका नेपाली श्रमिकहरुले आफ्नो गास काटेर अक्सिजन लगायत संकलन गरि नेपाल पठाए, कतिपय असलमन भएका संघ, संस्था र मानिसहरुले सामाजिक अभियान्ताहरु मार्फत सकेको सहयोग गरि रहेका छन, तर ठुला व्यापारी घराना / उद्योगी, व्यवसायीहरु रमिते बनेर बसेको दुःखद अवस्था छ ।
अत, यो महामारीबाट जनतालाई बचाउ‘न सबै राजनीतिक दलहरु, नेपाल सरकार, राज्यका जिम्मेवार निकायहरु बिच राष्ट्रिय एकता र सहमति कायम गरि सक्रिय पहल गर्न र बिपन्न वर्गका नागरिकहरुलाई भरपर्दो राहतको अविलम्ब प्रबन्ध गर्न समेत राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जोडदार माग गर्दछ ।
साथै, महामारी नियन्त्रणमा अहोरात्र खटिरहनु भएका समस्त चिकित्सक, स्वस्थ्यकर्मीहरु, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरु, स्वयंसेवक, सामाजिक अभियान्ता र सम्वद्ध सबैमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान परिवार उच्च सम्मान सहित शुभकामना व्यक्त गर्दछ ।

भवानी प्रसाद खरेल
अध्यक्ष तथा
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान–परिवार

तपाईको प्रतिक्रिया