नयाँ बर्ष २०७८ नजिकिदै गर्दा नेपाली संगीत पारखीहरुको लागी गीतकार, सगीतकार बसन्त लम्सालले नयाँ बर्ष बिशेषको गीत ‘ह्यापी न्यु यर’ ल्याएका छन् ।
लोकप्रिय गायिका रचना रिमाल र गायक भुषण खतिवडाको स्वर रहेको गीत ‘ह्यापी न्यु यर’ मा सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली ,रन्जीत पौडेल ,अनामिका बाराकोटी,पबित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ ।