काठमाण्डौं ।
साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत ”देशको माटो ”निमार्ण हुने भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको गीत निमार्ण हुन लागेको हो ।

प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहने भएको छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा गीत रहने भएको छ । गीतलाई राजु कार्कीले एरेन्ज गर्ने भएका छन ।

मातृभुमी प्रतिको अथाह प्रेम र मानवीय जिवनका भोगाईलाई गीतमा समेटिएको छ । गीतलाई आगामी बैशाख १ गते सार्वजनिक गर्ने तयारी गरिएको साहित्य सरोवर मिडियाका सञ्चालक रोशन पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया