काठमाडौं -किशन अर्यालको निर्देशन रहेको गीत ‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक भएको छ । झुमा निरौलाको स्वर, घनश्याम पथिकको शब्द, हरि लम्सालको सङ्गीत, प्रविन खालिङको एरेञ्ज र मित्र लामाको मिक्सिङ तथा माष्टिरङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किशनको नै सम्पादन रहेको गीतको भिडियोमा सविन भट्टराई, झुमा निरौला, रोजिना अर्याल, सरगमश्री भट्टराई र आर्याना अधिकारीको अभिनय रहेको छ । सरगमश्री र आलाप भट्टराईले निर्माण गरेको गीतको भिडियोमा देवेन्द्र गिरीको छायाँकन रहेको छ ।आफूले अत्यधिक माया गरेको मान्छेले आफ्नो भरोसा तोडेको विषयलाई गीतको भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया