रेडियो नेपालको ७१ औ बार्षिकोत्सवको अवसरमा २०७७ चैत्र १८ गते रेडियो नेपालको
प्रांगणमा आयोजीत आधुनिक सङ्गीत प्रतियोगितामा रमेशले उत्कृत स्थान हासिल गरेका
छन् । दर्शकहरुको बाक्लो उपस्थितिमा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा
देशभरिबाट छानिएका ३१ ओटा गीत-सङ्गीत मध्ये रमेश दहालको ‘ बाटाभरिका तगारा
छिचोल्न सकूँ’ बोलको शब्दले रमेशलाई दोस्रो पटक पनि उत्कृस्ट स्थान दिलाएको छ l चैत्र
११, १२, १३, र १५ गते सम्पन्न भएको पहिलो चरणको छनौट प्रतियोगितामा ५० गीतहरु
प्रस्तुत भएका थिए भने ३१ ओटा गीतहरु अन्तिम चरणका लागि छानिएका थिए।
सरकारी तवरबाट हुने यो सांगीतिक प्रतियोगिता नेपालमा लामो ईतिहास बोकेको
गरिमामय प्रतियोगिता हो l नेपाली गीत-सङ्गीतको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण रुपमा हेरिने
राष्ट्रब्यापी आधुनिक सङ्गीत प्रतियोगितामा भाग लिएर उत्कृस्ट हुन बर्षौसम्म
सङ्गीतकर्मीहरु प्रयाशरत रहन्छन् तर कमैले मात्रै सफलता पाउने गर्दछन् l रमेशले भने
२०६६ सालमै पहिलो पटक ‘ पूर्वको बादल जल्यो’ बोलको गीतका लागि उत्कृस्ट स्थान
प्राप्त गरेका थिए भने दोस्रो पटक ‘ बाटाभरिका तगारा छिचोल्न सकूँ’ बोलको गीतले
उत्कृस्ट स्थान प्राप्त गरेको हो।
कार्यक्रममा उत्कृस्ट गीत, सङ्गीतकार डेनी निरौलाको सङ्गीत र गायिका सिर्जना
गुरागाईंको स्वरमा प्रस्तुत भएको थियो l प्रतियोगितामा गायन तर्फ शुभाश मण्डल प्रथम,
शंकर स्माइल सङ्गीत तर्फ प्रथम भएका थिए । प्रतियोगितामा सङ्गीत तर्फ तारा थापा, गायन तर्फ प्रकाश गुरुङ र गीत लेखन तर्फ सुबाश
चन्द्र ढुंगेल सहितको निर्णायक समितिले निर्णय गरेको थियो l नारायण गोपाल, भक्तराज आचार्य, दिप श्रेष्ठदेखि रामकृष्ण ढकाल, अन्जु पन्त, शिब
परियार लगायत हिजो र आजका प्रसिध्द सङ्गीतकर्मीहरुले यस्तै प्रतियोगिताबाट आफ्नो
सांगीतिक यात्रा सुरु गरेका थिए ।रेडियो नेपालले २०२२ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ जसमा उत्कृस्ट
हुने कलाकारले नेपाली गीत-सङ्गीतमा उल्लेख्य नाम आर्जन गर्न सक्छ भन्ने देखाउछ l यो अवार्डले नेपाली संगीतकर्मीको मनोबल उच्च बनाउने कसिको समेत काम गर्नेसङ्गीतकर्मीहरु बताउछन्।

 

तपाईको प्रतिक्रिया