शरीरमा चिलाउने, छाला रातो हुने, सानो फोकाजस्तो आउने भएमा त्यसलाई छालामा एलर्जी भएको भनेर भनिन्छ ।
कुनै पनि कुराले शरीरमा गर्ने प्रतिरक्षा प्रणालीको प्रतिक्रियालाई सामान्य भाषामा एलर्जी भनिन्छ । यस ग्रहमा भएको कुनै पनि चीजको कारणले अर्थात् जेसुकै कुराले पनि मानिसमा एलर्जी हुन सक्छ । शरीरको इम्युन सेलहरूले वातावरणमा रहेका केही पदार्थप्रति अत्यधिक संवेदनशीलता देखाउँछ, जसकारण एलर्जी हुने हुन्छ ।
सबै मानिसको शरीरको आफ्नैखालको प्रकृति र संवेदनशीलता हुने भएकाले सबै जनामा एकै प्रकारको एलर्जी देखिँदैन । व्यक्तिपिच्छे एलर्जीको प्रकृति र कारण फरक हुने गरेको पाइन्छ ।
खानेकुरा, औषधि, लगाउने लुगाको फ्याब्रिक, रङ, फूलहरूको कण, घरपालुवा जनावरको रौँ, कस्मेटिक सामग्री, मेकअप, डिटरजेन्ट लगायतका धेरै कुराबाट एलर्जी हुनसक्छ ।
एलर्जी हुने कारण धेरै छन् । खानेकुरा, औषधि, लगाउने लुगाको फ्याब्रिक, रङ, फूलहरूको कण, घरपालुवा जनावरको रौँ, कस्मेटिक सामग्री, मेकअप, डिटरजेन्ट लगायतका धेरै कुराबाट एलर्जी हुनसक्छ । यीमध्ये कुनैले पनि मान्छेलाई एलर्जी हुन्छ तर, सबै मान्छेलाई एलर्जी हुन्छ भन्ने पनि हुँदैन ।
एलर्जी हुने–नहुने मान्छेको प्रतिरक्षा प्रणालीको प्रतिक्रियाअनुसार भरपर्ने हुन्छ । साथै, जीवनको कुनै पनि समयमा खानेकुरा, औषधि वा अन्य केही कुराबाट नयाँ एलर्जीको विकास हुनसक्छ । कोही मान्छेलाई सुरूमा एलर्जी नहुन पनि सक्छ । र, धेरै समयपछि पनि हुन सक्छ । पहिला कुनै कुराबाट एलर्जी नभएको मानिसलाई पनि पछि गएर शरीरमा हुने प्रतिरक्षा प्रतिक्रियाका कारण एलर्जीको विकास हुनसक्छ ।
धेरैजसो खानेकुराबाट (प्रोटिन, ल्याक्टोज आदि) हुने एलर्जी विशेषगरी बाल्य अवस्थामा देखिने हुन्छ । तर, अन्य विभिन्न कारणले हुने एलर्जी जुनसुकै उमेरमा पनि देखापर्न सक्छ ।
छालामा हुने एलर्जी पारिवारिक इतिहासको कारणले गर्दा पनि हुनसक्छ । परिवारको कुनै सदस्यमा एलर्जी हुने समस्या भएका, सुक्खा छाला भएकामा, छालाको बाहिरी तहमा क्षति भएका मानिसमा, एटोपिक इक्जेमा भएका मानिसमा छालाको एलर्जी हुने सम्भावना धेरै हुन्छ ।
स्प्रिङ सिजन अर्थात् वसन्त ऋतुको समयमा एलर्जी हुने सम्भावना धेरै हुन्छ । हावाहुरी चल्ने मौसममा हावामा विभिन्न फूलहरूको कण उडेर आउने गरेको हुन्छ जसको सम्पर्कमा आउँदा मानिसलाई एलर्जी हुनसक्छ ।
जसकारण हाच्छिँउ आउने, छाला सुक्खा हुने, छालामा समस्या हुने, छाला उक्किनेलगायतका समस्या देखिन सक्छ । के कुराले एलर्जी निम्त्याएको हो, त्यसको आधारमा छालामा लक्षण देखिने हुन्छ ।
परिवारको कुनै सदस्यमा एलर्जी हुने समस्या भएका, सुक्खा छाला भएकामा, छालाको बाहिरी तहमा क्षति भएका मानिसमा, एटोपिक इक्जेमा भएका मानिसमा छालाको एलर्जी हुने सम्भावना धेरै हुन्छ ।
उदाहरणका लागि औषधि खाएपछि एलर्जी भएमा शरीरको विभिन्न भागमा निलो दागजस्तो देखापर्न सक्छ । र, एलर्जी हुनसक्ने औषधिको सेवन गर्दा हरेक चोटि त्यसरी नै शरीरमा निलो दाग बस्न सक्छ । र, आफैँ हराएर जान्छ ।
कसैमा एलर्जी हुँदा चिलाउने, रातो हुने, सानोसानो बिमिराजस्तो फोका आउने, पानीको फोका आउनेलगायतका इक्जेमा वा कन्ट्याक्ट डर्माटाइटिसको समस्या जसरी लक्षण सुरु हुनसक्छ ।
गम्भीर अवस्थामा शरीरभरिको छाला र मुखभित्रको छाला आलु टाँसेजस्तै उक्किनेसमेत हुनसक्छ । खानेकुरा, लुगाकपडालगायत अन्य कुराले एलर्जी हुँदा सामान्यता डाबर आउने, एक्जेमा हुने, ओठ सुन्निने (एन्जियोइडिमा) वा मुखभित्र सुन्निने हुन्छ । मुखभित्रका विभिन्न भागसमेत सुन्निने कारण एलर्जी हुँदा सास फेर्न गाह्रो हुने, बोल्न गाह्रोहुने लगायतका समस्या पनि देखिन सक्छ ।
एलर्जीको उपचार
एलर्जी जे कुराले गरेको छ त्योबाट बच्ने र आफूलाई बचाउन कोसिस गर्नु नै सबैभन्दा महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिला एलर्जीको उपचार गर्नुभन्दा के कुराले गर्दा एलर्जी हुनसक्छ भन्ने थाहा भएमा यसको रोकथाम सजिलै गर्न सकिन्छ । तर, एलर्जी हुने धेरै कारणहरू छन् जसकारण के कारणले एलर्जी भएको हो भनेर पत्ता लगाउन कठिन हुनसक्छ ।
एलर्जी पत्ता लगाउनका लागि विभिन्न परीक्षण विधि हुन्छ । यसप्रकारको परीक्षणलाई प्याच टेस्ट भनिन्छ । हरेक एलर्जी गर्ने कारणको परीक्षण गर्न नसकिने हुँदा एलर्जी हुनसक्ने मानिसले आफ्नो जीवनशैलीमा ध्यान दिन जरुरी हुन्छ ।
सबैभन्दा पहिला एलर्जीको उपचार गर्नुभन्दा के कुराले गर्दा एलर्जी हुनसक्छ भन्ने थाहा भएमा यसको रोकथाम सजिलै गर्न सकिन्छ ।
एलर्जीको कारण पत्ता लगाउन मानिस आफैँले आफूलाई के कुराको सम्पर्कमा आउँदा वा खाँदा एलर्जी हुन्छ भन्ने कुरा छुट्याउन सक्नुपर्ने हुन्छ ।
एलर्जी हुने कारण वा हुनसक्नेजस्तो देखिएमा त्यो कुराबाट टाढा रहनु नै एलर्जीबाट बच्ने उचित उपाय हो । त्यसपछि, पहिलादेखि नै हरेक वर्ष एलर्जी हुन्छ भनेर थाहा छ भने यसबाट बच्नका लागि छालालाई क्षति हुनवाट बचाउने तथा मर्मत गर्ने मोइस्चराइजर, इमोडेन्ट, क्रिमको प्रयोग गर्न सकिन्छ । एलर्जीबाट बच्नका लागि छालालाई सुक्खा बनाउने साबुनलगायतका सामग्रीको प्रयोग नगर्ने, छाला सुक्खा हुन नदिनेजस्ता उपाय अपनाउन सकिन्छ । तर, एलर्जी भइहालेमा छालामा देखिएको लक्षणअनुसार यसको उपचार छाला विशेषज्ञको परामर्शअनुसार गर्नुपर्ने हुन्छ ।
(अङ्किता ताम्रकारसँगको कुराकानीमा आधारित)