काठमाडौँ । लामो समयदेखि अष्ट्रेलियामा रहेर कला, साहित्य र संगीतमा निरन्तर क्रियाशील कलाकर्मीहरुको समुहले निर्माण गरेको म्युजिक भिडियो ‘खुशी’को प्रिमियर सम्पन्न भएको छ। हिजो बुधबार अष्ट्रेलियाको मेलबर्नमा रहेको ग्लोबल टचको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर सम्पन्न गरिएको हो।
प्रिमियर कार्यक्रममा ग्लोबल टचका कर्मचारीहरु , म्युजिक भिडियो निर्माण टिमका गीतकार तथा मोडेल राज केसी, भिडियो निर्देशक जीवन रसाइली लगयात अन्य नेपाली व्यक्तिहरुको उपस्थिति रहेको थियो। उपस्थित प्राय: सम्पूर्णले गीतलाई एकदमै राम्रो प्रतिकृया दिएको गीतकार केसीले बताए । गीतमा चर्चित गायक प्रताप दासको स्वर रहेको छ भने , शब्द राज केसीको रहेको छ। जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गीतकार केसी र अस्ट्रलियन मोडेल एबि फिचर्ड छन्। अष्ट्रेलियामा नै छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत गरिने भएको छ।
https://www.youtube.com/channel/UCjvPuA8ZcyEYcDWhxxzfXlA