काठमाडौँ – पछिल्लो समयकि लोकप्रिय गायिका प्रबिशा अधिकारि तथा गायक कार्जु श्रेष्ठको स्वरमा सजिएको नयाँ गित “गहिराई” को म्युजिक भिडियो सार्बजनिक भएको छ। माया प्रेम र धोखाको समिश्रणलाइ उत्कृष्ट ढंगले प्रस्तुत गरिएको भिडियोलाइ मनोरम दृश्य भएको बोजिनी रिसोर्ट नगरकोटमा छायांकन गरिएको हो।

शब्द तथा संगीत गायक कार्जु श्रेष्ठको रहेको गीतलाई बिक्रम कार्कीले एरेन्ज गरेका हुन् भने निर्देशक कोरियोग्राफर गोबिन्द राइले निर्देशन गरेको म्युजिक भिडियोलाइ दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेका छन्। सार्बजनिक भिडियोमा मोडल भोजराज शर्मा, सुजना बर्देवा, संगम दाहाल र सुरेन्द्र अधिकारिलाइ फिचर्ड गरिएको छ। इन्ता अटायरको ड्रेस डिजाईन रहेको भिडियोलाइ ब्यबसायी तथा समाजसेवी माधब बद्रि फुयालले निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस।

तपाईको प्रतिक्रिया