काठमाडौं– हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ को निर्देशनमा तयार भएको सुगम संगीतमा आधारित गीत ‘जुन दिन मलाई…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यूट्युबको छन्दे च्यानलबाट दर्शक तथा श्रोतामाझ आएको यो गीतको भिडियो एभरग्रीन वर्ल्डवाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ । भिडियोलाई काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

यो गीतमा गायक कृष्णराज भण्डारीको स्वर, शब्द तथा संगीत निर्देशन रहेको छ । भिडियोमा सञ्जित भण्डारी, श्रीदेब भट्टराई, चन्दा कुईँकेल, प्रेम पाण्डे, रोहित कार्की, शुशिला बिडारी आदि कलाकारले अभिनय गरेका छन् ।

यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा रिदमको छायांकन, युमिशा पाण्डेको श्रृंङ्गार, मनोज ढकालको प्रकाश व्यवस्थापन रहेको छ । यो गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।

माया बोलिमा होईन, व्यवहारमा देखाउनु पर्छ भन्ने मूल मर्मका साथ बनेको यो गीतलाई ‘वास्तविकता’ एल्बममा समाबेश गरिएको छ ।

https://youtu.be/C6e2qBs744M

तपाईको प्रतिक्रिया