काठमाण्डौ माघ २७ । पछिल्लो समय थप मेहनतका साथ् बिभिन्न आधुनिक गीत संगीतहरु बजारमा आउन थालेका छन् । सोहि क्रमममा संगीतकार रबि लामाले आफ्नो क्षेमताले भ्याए सम्मको कला प्रस्तुत गर्दै एक गीतलाई संगीत भरेर भर्खरै बजारमा पठाएका छन् । यस गीतलाई सुनिरहँदा संगीतकार रबि लामाले नेपाली गीत संगीत निकै ठुलो आकाश ओगट्ने बिश्वास लिन सकिन्छ । उक्त गीत रितिष्मा लिम्बु द्वारा स्वर बद्ध “आँशु दियौ” बोलको रहेको छ । गीतलाई रबिन्द्र बान्तवा राईले लेखेका हुन् । गीत सुन्दा र यस गीतको म्युजिक भिडियो हेर्दा जो प्रेम वियोगमा रहेका छन् उनीहरुलाई आफ्नै भाव जस्तो लाग्न सक्दछ ।

अडियो नेपाल पुतली सडकमा रेकर्ड भएको गीतलाई संगीत संयोजन तथा मिक्सिङ्ग बुद्ध सायमीले गरेका हुन् । आँसु दियौ उपहारमा अस्वीकार गर्न सकिन, हो…छचलकिन्छ आँखाबाट जतन गर्न मैले सकिन हो…. यसै भावको म्युजिक भिडियोमा कमल सिंह, सगुन शाही, श्रेया थापा फिचरिङ्ग रहेको छ । एल्बम डोल्मा भित्र रहेको “आँशु दियौ” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिशिर श्रेष्ठ, छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं र सम्पादन अमृत चापागाईंले गरेका छन् । प्रस्तुत गीतको निर्माता इन्दु लावती, किशु गुरुङ र सन्जिला सुब्बा हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया