गायक योगेश लामा र गायिका राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ। चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन्। सुजन श्रेष्ठले खिचेको भिडियोलाई युबराज खत्रीले सम्पादन र निर्देशन गरेका छन्। काठे भाकाको लोक तथा दोहोरी गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन्।

 

 

 

तपाईको प्रतिक्रिया