दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’मा धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छन्। फागुनबाट छायांकनमा निस्कने यस फिल्ममा अभिनेता प्रदीप खड्काको जोडीका रुपमा रेनुलाई अनुबन्धित गरिएको छ।

फिल्मका बारेमा निर्देशक राउत भन्छन्, ‘रेनुको प्रस्तुति र क्यारेक्टर हाम्रो फिल्ममा मिल्ने भएकाले फिल्मका लागि छनोट गरेका हौँ ।’ फिल्म ‘प्रकाश’ लागि लिएको अडिसन मार्फत उनी छनोटमा परेकी हुन्। उनलाई कास्टिङ डाइरेक्टर अनुप बरालले अडिसन लिएका थिए। रेनु ब्याचलरमा अध्ययनरत छिन भने थ्रिएटरकी कलाकार समेत हुन्।

उनले यो भन्दा अगाडी सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन्। एक दर्जन नाटकमा अभिनय गरेकी रेनु फिल्मका लागि भने पहिलो कलाकार हुन् । उनी नाटकका अलवा,सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।
फिल्मको धेरै जसो छायांकन जुम्लामा गरिने गरिने निर्माणपक्षले जनाएको छ।

बाँकी भाग अन्यत्र छायांकन गरिने छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मलाई महेन्द्र अधिकारीले लगानी गर्दैछन् । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया