काठमाण्डौ माघ ०६ । आफ्नो सांगीतिक यात्रालाई आधुनिकतामा ढाल्दै यस क्षेत्रमा समर्पित श्रीकृष्ण बम मल्लको पछिल्लो उत्पादन आधुनिक गीत “मनै मनमा” भर्खरै बजारमा आएको छ । उनि गीत संगीतको स्वाद आधुनिकतामा परिमार्जित भएता पनि ब्यवसाहिकताको नाममा मौलिक सिर्जना मार्नु हुन्न भन्ने पक्षमा रहेका छन् । अजरअमर प्रेम भावमा सजिएको यस गीतलाई कृष्ण के.सी ले रचना गरेका हुन् ।श्रीकृष्ण बम मल्लको संगीतमा बुनिएको उक्त शब्द रचनालाई अन्जु पन्त र उत्तम खड्काले आफ्नो सुमधुर स्वर मार्फत मलजल गरेका छन् ।

गीतको जतिनै मिठास्ता छ, उतिनै म्युजिक भिडियोलाई पनि उत्कृष्ट बनाउने प्रयास गरिको छ । भिडियोमा संगीतकार स्वयम् श्रीकृष्ण बम मल्ल अर्की मोडल सम्पदा बानियाँको साथमा देखिएका छन् । आकर्षक दृश्य भित्र कैद गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन श्रीकृष्ण बम मल्लले नै गरेका छन् । आफ्नो मान युट्युब च्यानल मार्फत सार्बजनिक गरिकेको भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया