डा.विकाश श्रेष्ठले आफ्नो नयाँ गीत ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन। डा.विकाशको नै शब्द र संगीत रहेको गीतलाइ उनले आफ्नै अफिसियल युट्युब च्यानल ”विकाश श्रेष्ठ ” बाट गत मंगलबार रिलिज गरेका हुन्। रोशन गर्तौलाको एरेन्ज रहेको गीतमा माया पिरतीको कुरा गरिएको छ । गीतको भिडियोमा नोभिम गुरुङ र सुजता तामाङ्गलाई फिचर्ड गरिएको छ । भिडियोमा सन्जित के घिसिङ्गको क्यामेरा, सम्पादन र निर्देशन रहेको छ । डाक्टर विकाशले यसअघि दर्जनौं गीतहरूमा आफ्नो स्वर भरिसकेका छन भने धेरै भिडियोहरु पनि आइसकेका छन।पेशाले विकाश दन्त चिकित्सक Orthodontics (दाँतमा दार बाध्ने डाक्टर) रहेका डाक्टर विकाशले साहित्य रचना एबम गीत संगीतको यात्रमा निरन्तरता अघि बढिरहने जानकारी दिनु भयो ।
डा.विकास श्रेष्ठको शब्द र संगीत र स्वरमा ‘तिम्रो मायामा’ ( भिडियो )
